|
Photo : goal.com

स्पेनिस ला लिगाका शीर्ष दुई टोली बार्सिलोना र रियल मड्रिड आ–आफ्नो खेलमा विजयी भएका छन्। गएराति सम्पन्न खेलमा रियलले भ्यालेन्सियालाई २–१ तथा बार्सिलोनाले इस्पानियोललाई ३–० ले पराजित गरे। यससँगै बार्सिलोना पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ।

रियलको जितमा क्रिष्टियानो रोनाल्डो र मार्सेलोले १/१ गोल गरे। २७औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका रोनाल्डोले ५७‍औं मिनेटमा प्राप्त पेनाल्टीको अवसर खेर फालेका थिए। ८२र्औ मिनेटमा ड्यानियल परेजोले बराबरी गोल गर्दा रियल प्रेसरमा पर्‍यो। त्यसपछि ८६र्औ मिनेटमा मार्सेलोले विजयी गोल गरे।

यता बार्सिलोनाको जितमा लुइस सुआरेजले २ तथा इभान र्‍याकिटिकले १ गोल गरे।

जितसँगै ३५ खेलबाट ८१ अंक जोडेको बार्साले शीर्ष स्थानमा पुनरागमन गरेको छ। गोल अन्तरमा पछि परेको रियलको पनि समान अंक छ। यद्यपी उसले १ खेल कम खेलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.