|
Photo : AFP

दक्षिण किर्गिजस्तानको ओस प्रान्तको अयु गाउँमा शनिबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको किर्गिजस्तानको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ। मृतकमध्ये नौजना बालबालिका रहेको बताइएको छ। 

शनिबार राति गएको पहिरोमा सात घरहरु डुबेको र छ घरका २० जनभन्दा बढी मानिस पहिरोमा पुरिएका प्रहरीले पुष्टि गरेको छ। अर्को एक घरमा रहेका चारजना पनि बेपत्ता रहेको खबर छ।

पहिरोले घरहरु पुरेपछि मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तथा उनीहरुका आफन्तजनप्रति समवेदना व्यक्त गर्दै विपद् व्यवस्थापन मन्त्री घटनास्थलको निरिक्षणमा गएका छन्। उनले उद्धार कार्यलाई तदारुकताका साथ अघि बढाउन निर्देशन दिएका छन्।

घटनास्थलमा सेनासहित र उद्धारकर्मी उद्धारमा कार्यमा जुटेका छन्।

उद्धारकर्मीले पहिरो गएको स्थान वरपर रहेका र जोखिममा रहेका ४० घरका बासिन्दालाई सुरक्षित स्थलतर्फ सारेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.