|

एजेन्सी :  १ सय ४६ वर्षको भनिएका इन्डोनेशियाली वृद्धको विश्वकै सर्वाधिक लामो आयु बाँच्ने किर्तिमान बनाउन अगावै मृत्यु भएको छ। सेन्ट्रल जाभास्थित आफ्नै गाउँमा उनको मृत्यु भएको हो।

उनीसँग भएका कागजात अनुसार उनको जन्म सन् १८७० मा भएको हो।  इन्डोनेसियाले सन् १९०० बाट मात्रै जन्मदर्ता सुरु गरेका कारण उनको कागजातमा गल्ति भएको हुनसक्ने बताइएको छ। तर स्थानीय अधिकारीहरुले उनका कागजातहरु आधारिक रहेको बताएका छ्न्।

अप्रिल १२ मा अन्तिमपटक गोथोलाई अस्पताल लगिएको थियो। स्वास्थ्यमा गढबढी देखिएपछि अस्पताल भर्ना भएका गोथो त्सको ६ दिनपछि घर फर्किए। त्यसपछि उनले पछल्ला केहि दिनयता खाना खान तथा पानी पिउन समेत छाडेको उनका नातीले जानकारी दिए।

नाति सुर्यान्तोले आफ्ना हजुरबुबाको दाहसंस्कार मंगलबार गरिएको बताएका छन्। स्वतन्त्र पुष्टि हुनसके गोथो फ्रान्सकी जेन्नी क्लामेन्टको किर्तिमान तोड्दै सबैभन्दा लामो समय बाँच्ने मानिस बन्नेछन्। क्लामेन्टको १ सय २२ वर्षको उमेरमा मृत्यु भएको थियो।

यो पनि पढ्नुहोस् : १ सय ४४ वर्षीय बृद्धको एउटै इच्छा 'मृत्यु' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.