|

रुकुम (पूर्व) : नेपाली कांग्रेसबाट निर्वाचित रुकुमपूर्व पुथाउत्तरगंगा–९ का वडाध्यक्ष सुरबहादुर रोकाले पार्टी परित्याग गरेका छन्।

नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्यसमेत रहेका वडाध्यक्ष रोकाले सोमबार पार्टी परित्यागको प्रेस विज्ञप्ति  लेखेर पार्टीको साधारण सदस्यसमेत नरहेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका हुन्।

नेपाली कांग्रेसबाट पार्टी परित्याग गरेको र आगामी दिनमा कुनै पनि दलमा आबद्ध नभई स्वतन्त्र भई बस्ने बताए।

'कुनै पनि पार्टीमा नलाग्ने बाचा गर्दै स्वतन्त्र रहन्छु’ रोकाले भने–‘गएको प्रदेश महाधिवेशनमा मैले दिएको मेरो उम्मेदवारीका प्रमाण–पत्र पनि जानकारी विना रातारात च्यातेर फालिदिए अनि पार्टीको बैठकमा अपमानजनक शब्द ममाथि प्रहार गरियो।’

दलाल पुँजीवाद नातावादलाई काखमा च्याप्ने र मैले राखेका जनताका योजनाहरूमा पार्टीका नेताहरू नै तगारो बनिराखेकाले पार्टी त्याग गर्ने बाध्य भएको रोकाले बताए। नेपाली कांग्रेस भित्रका केही नेता भनाउँदा, दलाल प्रवृत्ति भएकासँग बसी जनताको सेवा गर्न नसकिने भएकाले पार्टी परित्याग गरेको रोकाले जानकारी दिए।

'आगामी दिनमा स्वतन्त्र भई दुःखी, पीडित जनताका लागि सिसाका गोली आए पनि छाती थापी आफू मर्न पनि तयार भएर जनताको काखमा बसी जनताकै सेवा गर्ने रोकाको भनाइ रहेको छ। बिपीका सिद्धान्तलाई नेपाली कांग्रेसका बुद्धिजीवीले अमर राखून् बिपीप्रति मेरो सद्भाव छ, पार्टीभित्रका दलाल पुँजीवाद नातावादलाई घृणा गर्दै पार्टी त्याग गरेको जानकारी गर्दछु', रोकाले फेसबुकमा लेखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.