|

काठमाडौं : नेपाली कांग्रेसले बजेट ल्याउने मिति सार्ने विषयमा छलफल सुरु गरेको छ। संविधानमा जेठ १५ गते नै बजेट ल्याउनुपर्ने व्यवस्था उल्लेख भएपनि दोस्रो चरणको निर्वाचन जेठ ३१ गते तोकिएकाले निर्वाचनपछि मात्र बजेट ल्याउने विषयमा कांग्रेसमा छलफल भएको हो।

निर्वाचन आयोगले निर्वाचनअघि बजेट ल्याउनु आचारसंहिता विपरीत हुने भनेपछि बजेट जारी कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताए। 'दुई चरणको निर्वाचको बीचमा बजेट ल्याउन समस्या छ, यस विषयमा हामीले छलफल गरिरहेका छौं' सोमबार पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री शंसाक कोइरालाले भने। उनले असार मसान्त सम्ममा बजेट ल्याउने गरी मिति सार्न सकिने बताए।

कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्‍वकर्माले पनि बजेट एक दिने मिति भन्दा पनि निश्‍चित डेडलाइन राखेर जारी गर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताए। 'पहिलो र दोस्रो चरणको निर्वाचनको बीचमा बजेट ल्याउन पर्ने संवैधानिक बाध्यता छ, त्यस विषयमा प्रमुख प्रतिपक्ष दलले आपत्ति जनाएको छ, हाम्रो पनि सहमति छैन' सोमबार रातोपाटी अनलाइनसँगको कुराकानीमा विश्वकर्माले भने। उनले यो दिननै बजेट ल्याउनु पर्छ भनेर तोक्दा समस्या उत्पन्न हुने सक्ने बताउदै असार मसान्तसम्मको डेडलाइन तोक्ने गरी संविधान संसोधन गर्नुपर्ने बताए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि निर्वाचनको बीचमा बजेट ल्याएमा अमान्य हुने बताउको छ। सोमबार नै प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंगको भेटमा बजेट कहिले ल्याउने भन्ने विषयमा जिज्ञासा राखेका थिए। तर, प्रधानमन्त्री प्रचण्डले समझदारीबाट टुङ्गो लगाउने प्रतिक्रिया दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • 2072nepal low lai ulta palta garnuw bahek aru ke jane chau ta yesta pani neta ahelay ko nepali lai aa garda kura bhuchan shechit chan netaji