|

रुकुम (पूर्व) : रुकुम पूर्व नेकपा एमालेको नयाँ जिल्ला कार्य कमिटी सर्वसम्मत चयन गरिएको छ। एमालेको आठौँ जिल्ला अधिवेशनले टोपबहादुर ओलीको अध्यक्षतामा ९५ जना सदस्यीय सर्वसम्मत नयाँ जिल्ला कार्य कमिटी चयन गरिएको हो।

ओली यस अघि पनि जिल्ला कार्य कमिटीका अध्यक्ष थिए। अधिवेशन उद्घाटन भएको चार दिन सम्म चलेको बन्द सत्रले सोमबार ओलीको नेतृत्वमा सर्वसम्मत नयाँ जिल्ला कार्य कमिटीको टुङ्गो लगाइएको हो।  

उपाध्यक्षमा दामप्रसाद श्रेष्ठ, सचिवमा गोपाल रेउले, उप–सचिवमा भावना विसी र तेजेन्द्र बुढालाई चयन गरिएको छ । उप–सचिव बुढा पनि जिल्ला कार्य कमिटीको  पुरानै अनुहार हो भने, पदाधिकारीमा उपाध्यक्ष, सचिव र महिला उप–सचिव नयाँ आएका हुन्।

रूकुमकोटमा फागुन २७ गते उद्घाटन भएको एमालेको आठौँ अधिवेशनले चार दिनसम्मको निरन्तर छलफलपछि नयाँ कार्यसमिति टुङ्गेको हो। नेकपा एमालेले केही हिमाली जिल्लामा बाँकी राखेर अन्य सबै जिल्लामा गएको पुष २३ गते जिल्ला अधिवेशन गरेको थियो।

रुकुमपूर्वमा पाँच पदाधिकारी सहित ६५ सदस्यीय जिल्ला कार्य कमिटी चयन गर्ने भनिए पनि आकांक्षीहरू धेरै भएपछि ९५ जना सदस्यीय जिल्ला कार्य कमिटी  बनाइएको नेकपा एमाले रुकुम पूर्वले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.