काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले ट्विटरमा ह्यान्डल परिवर्तन गरेलगत्तै उनको पूरानो नाम बीआरबी लालध्वज (@brb_laaldhwoj) कब्जा भएको छ।
डा. भट्टराईले आफ्नो छोटकरी नाम बीआरबी र आफू जन्मेको साल १९५४ जोडेर ट्विटरमा @brb1954 नाम राखेका छन्। त्यसलगत्तै उनको पूरानो नाम कब्जा भएको हो। २०१२ मार्चदेखि सञ्चालित अर्को अकाउन्टको नाम परिवर्तन गरी बाबुराम भट्टराईकै नाममा पूरानो ह्यान्डल कब्जा भएको हो।
बाबुरामले ह्यान्डल परिवर्तन गरी लेखेको ध्याकर्षणकै शैली चोरेर यो अकाउन्टले लेखेको छः
ध्यानाकर्षण!!आजदेखि मेरो ट्विटर ह्याण्डल @brb1954 को सट्टा @brb_laaldhwoj भएकोछ है!My TwitterHandle changed from @brb1954 to @brb_laaldhwoj
— Baburam Bhattarai (@brb_laaldhwoj) July 25, 2016
जनयुद्धभर लालध्वज नामबाट चिनिने भट्टराईले गत वर्ष असोज ९ गते माओवादी परित्याग गरेका थिए। डा. भट्टराईले गत जेठ ३१ गते काठमाडौंमा नयाँ शक्ति नेपालको घोषणा गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।