|

काठमाडौं : कर्मा शाक्य र मेनुका प्रधानलाई मुख्य भुमिकामा राखेर फिल्म 'महानगर' निर्माण हुने भएको छ। मोहन राईको लेखन तथा निर्देशन रहने यो फिल्म मिडलवे फिल्मस्  र माउन्टेन रिभर फिल्मसको सहकार्यमा निर्माण हुनेछ। 

'महानगर' को सुटिङ वैशाख २७ गतेबाट सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ। २५ दिनको सुटिङ तालिका सहित फिल्म सुटिङ सुरु हुने निर्देशक मोहन राई बताउँछन्। 'महानगर' काठमाडौं वा काठमाडौंजस्तै महानगरहरुको किनारा अथवा मार्जिनमा बस्ने मानिसहरुको पीडा, दुख र एक्लोपनको कथा हो। मानिसहरुबीच हुन सक्ने प्रेम अनि हरेक निराशाबीच पनि पलाउन सक्ने आशाको कथा हो।' 

फिल्मको सिनेमाटोग्राफर नरेन्द्र मैनाली हुन्। गोविन्द पराजुली यस फिल्मका निर्माता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.