|

कालिकोट : स्थानीय तहको निर्वाचनमा कालिकोट जिल्लामा एक हजार ८ सय ६२ जनाले उम्मेदवारी दिएका छन्। जिल्लामा तीन नगरपालिका र ६ गाउँपालिका छन्।
जिल्लामा नगरपालिकाको मेयरमा ४ महिलाले उम्मेवारी दिएका छन् । गाउँपालिका अध्यक्षका लागि ६ महिलाले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै नगरपालिका उपमेयर, गाउँपालिकाको उपाध्यक्षका लागि ४७ महिलाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नगरपालिकाको मेयर र गाउँपालिकाका अध्यक्षका लागि ५९ जना पुरुषहरुले उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयर र उपाध्यक्षका लागि १३ पुरुषको उम्मेदवारी परेको छ।

जिल्लाका ८२ वटामा वडा अध्यक्षका लागि ११ महिला र ३ सय ७३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत केशवराज पाण्डेले बताए। कालिकोटमा ६२ हजार २८ जना मतदाता रहेका छन्। स्थानीय तहका निर्वाचनका १०७ मतदान केन्द्र तोकिएको छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.