|

लुम्बिनी : नेपाल ओलम्पिक कमिटीको आयोजनामा बुधबार साँझ वाकथलन सहित बुद्ध जन्मभूमि लुम्बिनीमा 'इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस' भब्य रूपमा मनाइएको छ।

लुम्बिनी प्रदेश सरकार र लुम्बिनी विकास कोषको  सह आयोजनामा कार्यक्रम सम्पन्न भएकाे हो।

कार्यक्रममा राजनीतिज्ञ, खेलकर्मी, भिक्षुभिक्षुणी, पत्रकार र विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो।

लुम्बिनी परिसरमा आयोजित वाकथलन मायादेवी मन्दिरमा गएर टुंगिएको थियो र विश्वमा शान्तिको कामना गर्दै दीप प्रज्वलित गरिएको थियो।

कार्यक्रममा लुम्बिनी सरकारका मुख्यमन्त्री माननीय कुलप्रसाद केसीले यस प्रकारको आयाेजनाले ओलम्पिक आन्दोलनको माध्यमबाट पुरै विश्वमा लुम्बिनीको प्रचार प्रचार हुने विश्वास ब्यक्त गरे।

भिक्षु भिक्षुणीबाट शान्ति पाठसहित सुरु भएको कार्यक्रममा कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले बुद्धकालीन समयमै लुम्बिनीमा वृहत खेलकुद कार्यक्रम सुरु भएको इतिहास बताउदै आउने वर्षमा पिस म्याराथन आयोजनाको योजना रहेको पनि बताए।

यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा भिक्षु मैत्तेयले बुद्ध जन्मभूमि कुनै पनि प्रकारको वृहत खेलकुद आयोजनाका लागि उपयुक्त रहेको बताए।

उनले खेलकुद विश्वमा शान्ति तथा भाइचारा फैलाउनका लागि सबैभन्दा उपयुक्त माध्यम रहेको जानकारी दिए।

सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ को दिनलाई ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ मनाउने निर्णय पारित गरेको थियो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले यसका लागि प्रस्ताव राखेको थियो ।

नेपालमा सन २०१४ देखि यस दिन विभिन्न कार्यक्रम गर्न सुरु भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.