|

काठमाडौं : भक्तपुरमा हत्या गरी फरार रहेका रामेछाप खनियाँपानीका दानबहादुर तामाङलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको छ। तामाङले १५ वर्षअघि भक्तपुरको सुकुलढोकाका ध्रुवगोपाल कर्माचार्यको हत्या गरी फरार रहेका थिए। 

भक्तपुरको आर्दशनगरमा रहेको रोजा रेष्टुरेन्टमा खाजा खाएर बसिरहेका कर्माचार्यलाई तामाङको समुहले चक्कु, खुकुरी र रड हानेर हत्या गरेका थिए। २०५७ बैशाख १८ गते राती ९ बजे लामाले आक्रमण गरेका थिए। 

घटनापछि फरार रहेका तामाङ मलेसिया, भारत र नेपालका विभिन्न स्थानमा आफ्नो परिचय फेरेर लुक्दै आएका थिए। पछिल्लो समय उनी बौद्धमा विवेक, सम्राट योन्जनको नाममा थान्का व्यवसाय चलाउदै आएका थिए। उनलाई बौद्धको टाउन प्लानिङबाट केन्द्रीय अनुसन्धान व्युरोको प्रहरी टोलीले पक्राउ गरेको थियो।

तामाङलाई भक्तपुर जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरिसकेको ब्युरोका प्रहरी उपरिक्षक दिवेश लोहनीले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.