तिमी कृष्ण हौ कि राम थाहै पाइएन
छाया असल हो कि घाम थाहै पाइएन
कहिले चक्काजाम हुन्छ, कहिले सडकजाम
कसले गर्छ यस्तो काम थाहै पाइएन
आफूसँग भा’कै कुरा, अझै थप्नलाई
किन लाग्छ सधैँ लाम थाहै पाइएन
डोको–नाम्लो नबोक्दा नि, मेरो निधारमा
कसरी पो बस्यो डाम थाहै पाइएन
हिजोसम्म ठीकै थियौ, तर आज किन ?
तिमी हिँड्यौ बेलगाम थाहै पाइएन
खुसी किन्न खोजेको थेँ, थोरै भए पनि
कति पो हो त्यसको दाम थाहै पाइएन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।