जुम्ला : चन्दननाथ नगरपालिका वडा नं. २ मा विष्णुमाया कामी दलित महिला सदस्यमा निविरोध निर्वाचित भएकी छन्। उनले नेकपा माओवादी केन्द्रबाट दलित सदस्यमा उम्मेदवारी दिएकी थिइन्। २ नं वडामा जिल्लामा रहेका कुनै पनि दलका दलित महिला सदस्यहरुको उम्मेदवारी नपरेकाले उनी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले जानकारी दिए। ३७ वर्षीय उनी अब आफूले समाजका लागि आफूले केही गरेर देखाउने बताउँछिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।