|

दरबार स्क्वायर नामक नेपाली रेष्टुरेन्टमा बसेर हाँसको छोइला खाँदै थिएँ। मैले खान सुरु गर्दा तीन चारवटा टेबुल खाली नै थिए। तर खाँदा खाँदै सबै भरिए।

‘तिम्रो टेबुलमा तिमी एक्लै रहिछौ, म पनि एक्लै छु र धेरै भोकाएको पनि छु त्यसैले तिम्रो टेबुल सेयर गर्न सक्छु? तिमीलाई अप्ठ्यारो लाग्दैन भने ! ‘एउटी २६–२७ वर्षकी जस्ती पातली गोरी मैयाँले मतिर हेर्दै सोधिन्।

‘हुन्छ बस र खाउ।‘म खाँदै  छोटो थिएँ त्यसैले छोटो जवाफ दिएँ। ‘

धन्यवाद‘उनले एक अर्कासित खप्टिएका दाँत देखाएर हाँस्दै भनिन् र मेरो अगाडिको कुर्सी तानेर बसिन्। उनले चिकेन मम र यति रम मगाइन्।

उनको खाना नआई पुगेको र मेरो सकिएकोले हामी दुबै गफ गर्ने सोचमा पुगेछौ क्यार गफगाफको सुरुवात उनीबाटै सुरु भयो ‘हाई मि मिररा।’

‘मि सरिता’

तिमी इन्डियन हौ ? ‘सायद उनले मेरो नाम सुनेर त्यसो भनेकी हुन कि!

‘होइन म नेपालबाट आएकी हुँ। म नेपाली।’

‘कति भयो त तिमी अमेरिका आएको?’

‘आज सत्र दिन भयो। तिम्रो घर यहि हो?’  मैले प्रति प्रश्न गरे।

‘होइन म त कोलोराडोबाट आएकी। म न्यूह्याम्सायर आएको आज १३ दिन भयो। यो पोएष्ठमेथमा आएको दश दिन भयो।’

‘तिमी अफिसको कामले आएकी कोलोराडोबाट?’

होइन म अहिले केही काम गर्दिन। म घुम्न आएकी यहाँ। नेपाल कस्तो छ ? छोटोमा भन न मलाई जान्न मन लाग्यो। उनले नेपालको बारेमा जान्ने उत्सुकता देखाइन। 

यो उमेरमा त झल्लाहरू मात्र भेटिन्छन्। त्यस्ताको नजिक जानुभन्दा एक्लै माथि माथि आकाशमा उड्नु राम्रो होइन र? कसैले पनि तिम्रो बाटो छेक्न आउदैन जहाँ जान मन लाग्यो भार्रभुर्र उड। ‘उनी अरू पनि के के भन्न चाहन्थी।

‘सर्वाेच्च शिखर सगरमाथाको देश हो नेपाल। भुपरिवेष्ठित मुलुक भएपनि आधा घण्टाको ड्राइभमा तिमीले बेग्लै हावापानी महशुस गर्ने छौ।’ म बोल्दै थिए मिररा रुन थालिन्। अकस्मात उनी रोएको देखेर म डराए। मैले त्यस्तो नराम्रो कुरा त केही गरेको थिइन किन मिररा रुन थाली?

‘किन रोएको मैले तिमीलाई बिझने केही भने र ?’

‘होइन तिम्रो देश कति राम्रो रहेछ। सुनेर नै आँशु आयो। त्यस्तो ठाउँ पो घुम्नु। यहाँ मोटर लियो मानव निर्मित सामान हेर्‍यो  के घुमाई भयो र?’

‘होईन तिमी मेरो कुराले रोएकी हो जस्तो लागेन , तिम्रो विगतमा केही घटना घटेको थियो कि जसले तिमीलाई बेलाबेलामा रूवाउँछ? कि तिमी घर परिवारसँग झगडा गरेर यता आएकी हौ ?’ मैले बल गरेरै उनको ब्यक्तिगत जीवनी माथी आफ्नो प्रश्न तर्साए।

‘मेरो बारेमा के सोध्छौ सरिता, म एउटा भिक्टिम केटी हुँ।’

उनले आफुलाई केटी भनेकोले मैले फेरि सोध्ने मौका पाईहालेँ। ‘तिम्रो बिहे भएको रहेनछ , तिमी ब्वाईफ्रेन्ड सित रिसाएर यहाँ आएकी हौ? कतै तिमी उ बाटै भिक्टिम भएकी त हैनौँ?’ मलाई उनी रोएको कारण पत्ता लगाउनु थियो। म प्रश्न माथी प्रश्न तर्साउँदै थिएँ।

उनी फेरि रुन थालिन्। म चुप लागेर उनी रोएको हेरिरहे। उनको मनमा भएको पीर आँशुमा बगेर जाओस् र मन शान्त भएपछि फेरि कुरा गरौँला भन्दै। ‘म बिहे र ब्वाईफ्रेन्ड शब्दलाई नै घृणा गर्दछु। सरिता, तिमीलाई फुर्सद छ मेरो कुरा सुन्न?’

म फुर्सदमा छु भन्ने आशयमा मैले टाउको हल्लाए।

‘मेरो हजुरबुबालाई हिटलरले मारिदियो। हजुरआमाले तीन छोरालाई लिएर भाग्दा दुई छोरा हिटलरकै सिकार भए। मेरो बुवा मात्र हजुरआमाको साथमा यहाँ आईपुग्न सफल हुनुभयो। ठुलो भएर बुवाले आर्मीमा जागिर गर्नु भयो। मेरी आमा बैङ्कमा काम गर्ने। बुवा र आमाले लभ म्यारीज गर्नु भयो। हामी तीन छोरीमा म सबभन्दा कान्छी। मैले होस सम्हालेदेखि नै बाबुआमाले झगडा नगरि दिन काटेको मलाई थाहा छैन। एक दिन झगडाको अन्त्य पारपाचुकेबाट भयो।’

सर्वाेच्च शिखर सगरमाथाको देश हो नेपाल। भुपरिवेष्ठित मुलुक भएपनि आधा घण्टाको ड्राइभमा तिमीले बेग्लै हावापानी महशुस गर्ने छौ।’ म बोल्दै थिए मिररा रुन थालिन्। अकस्मात उनी रोएको देखेर म डराए। मैले त्यस्तो नराम्रो कुरा त केही गरेको थिइन किन मिररा रुन थाली?

 

म हाँ हुँ मात्र गर्दै उनको कुरा सुनिरहेको थिएँ।

‘बाबू आमाले त पारपाचुके गरेर आफ्नो समस्याको समाधान खोजे। तर, हामी संगै खाने संगै सुत्ने संगै खेल्ने दिदी बहिनी पनि छुट्टियौ। जेठी दिदी बुवासँगै गई। माईलीले बुवाआमा छुट्टिएको केही महिना पछि नै आमासित झगडा गरेर आत्महत्या गरी। त्यसपछि म एकदम बिचलीत भएँ। दिदी मरेको दिनबाट नै होला मैले हास्न बिर्सिएकी। त्यसपछि भित्रैबाट खुसी भएर हाँसेको मलाई सम्झना पनि छैन।’

आमा बुवाको कारणले छोराछोरीको बिजोग भएछ जस्तो लाग्यो। आमा बाबु मिलेर बसेको भए उसकी दिदी मर्ने थिइनन् कि जस्तो मनमा आयो तर केहि नभनी म उनको कुरा सुनी रहेकी थिएँ।

’दिदी मरेपछि सायद आमालाई पनि पिर पर्याे होला उनले अलि बढिनै अल्कोहलको सेवन गर्न थालिन्। बिस्तारै दिन बित्दै थिए आमाको जिन्दगीमा अर्काे मोड आयो ब्वाईफ्रेन्डको रुपमा ह्यारीको आगमन। ह्यारी सधैजसो रातमा आमासँगै हुन्थ्यो। उनीहरू आफ्नै धुनमा हराउँथे। मैले त्यसमा केही भन्ने कुरा पनि भएन यो मेरी आमाको व्यक्तिगत स्वतन्त्रताको कुरा थियो। तर, म बच्चा उनीहरू स्वतन्त्र भएर उडेको बेलामा कति दिन घरमा एक्लै हुन्थ्यो। अरूको बाबुआमाले मेरा साथीहरूलाई माया गरेको देख्दा मलाई डाहा भएर औडाहा हुन्थ्यो।

आमाबाट कति पनि माया नपाएर त होला मलाई आमा देख्यो कि रिस उठ्न थाल्यो। आमाले जे जे नगर भन्थिन् म त्यै त्यै गर्न थाले। मेरो बढ्दै गएको उदण्ड स्वभावले मलाई आफ्नै  घरमा पनि बस्न मन लागेन र बाहिरिए।

पढाइ छुट्यो संगत नराम्रोको पर्‍यो। रक्सी गाँजा र सेक्सको म १२ वर्षमै अम्मली भए। १३ वर्ष पनि नभै म गर्भवती भएँ। तिम्रो पेटको बच्चा मेरो हो भनेर कुनै केटाले भनेन। मैले गरेको गल्तीले म आफैले पनि भन्न नसक्ने अवस्थामा थिए मेरो पेटको बच्चाको बाबु को हो भनेर।

मेरो साथीहरूले नै मलाई डाक्टरकोमा पुर्याएर उनीहरू मलाई त्यहाँ छोडेर भागे। मेरो गर्भपतन गरेर मलाई सुधार गृहमा पठाइदिए अस्पतालबाट। म उडेकी चरी मलाई सुधार गृह जेल जत्तिकै लाग्यो र म त्यहाँबाट पनि भागेँ।

रेष्टुरेन्टमा उमेर बढाएर काम गरे। त्यहाँ पनि साहुकै बासनाको सिकार भएँ। त्यसपछि त मलाई केटा मान्छे देख्यो कि रिस उठ्न थालिसकेको थियो। रेष्टुरेण्टबाट निस्किएर फुलको बगैँचामा फुल टिप्ने काम गर्न थालेँ। फुलवारीमा अरू ठाउँ भन्दा बढी समय टिके।

मैले रक्सी चाहि छोड्न सकिन तर गाँजाको लत छुट्यो । पैसा पनि कमाए। त्यसपछि कहिले कुनै रेष्टुरेन्टमा कहिले त्यै फुलवारीमा काम गर्छु केही पैसा बनाउछु अनि घुम्न निस्कन्छु। मेरो जिन्दगी यसरी नै चलेको छ।’

‘अहिले तिमी कहाँ बसेकी छौ त ? तिम्रो कोही आफन्तको घर छ यो ठाँउमा?’

‘यहाँ मेरो कोही छैन। म जहाँ पुगे पनि आफन्त खोज्न मन लाग्दैन। म अहिले हिलटन होटलमा बसेकी छु।’ म एकचित्त भएर उसको कुरा सुनिरहेकी थिएँ। उनी चुप लागेपछि मैले सोधे ‘महिनौ होटलमा बसेर घुम्ने खाने पैसा हुन्छ त तिमी सित?’

पढाइ छुट्यो संगत नराम्रोको पर्‍यो। रक्सी गाँजा र सेक्सको म १२ वर्षमै अम्मली भए। १३ वर्ष पनि नभै म गर्भवती भएँ। तिम्रो पेटको बच्चा मेरो हो भनेर कुनै केटाले भनेन। मैले गरेको गल्तीले म आफैले पनि भन्न नसक्ने अवस्थामा थिए मेरो पेटको बच्चाको बाबु को हो भनेर।

उनी म तिर हेरेर मुसुक्क मुस्कुराइन र भनिन् ‘म होटलमा १५० डलर दिन्छु दिनको। १५ रूपैयाँ कोठा सफा गर्नेलाई टिप्स दिन्छु। गाडीको भाडा र खानामा त्यति धेरै जाँदैन। जब मेरो पैसा सकिन सकिन लाग्यो अब कार्ड चलाउने बेला भयो भन्ने हुन्छ अनि टाप ठोक्छु फूल टिप्न या कुनै रेष्टुरेन्टमा  काम गर्न।’ उनी त्यति भनेर मज्जाले हाँसिन्।’

‘तिमी सित गफ गर्दा आज धेरै दिन पछि हाँसे सरिता, धन्यवाद तिमीलाई।’  

उनको धन्यवादले मेरो अनुहारमा पनि मुस्कान छरिदियो। ‘तिमीले बाबुको खोजी गरिनौ? दिदी र बुवा सित गएको भए तिम्रो जिन्दगी खराव हुने थिएन कि?’

‘मैले पेट बोके पछि म साहारा खोज्दै बाबुको घरसम्म पुगे। तर उसले पनि सौतेनी आमा ल्याएको रहेछ दुईजना भएर मलाई घर भित्र पस्नै दिएनन्। दिदीलाई होस्टलमा राखिदिएको छ भनियो , दिदी सित पनि भेट भएन। उ म भन्दा जेठी उसले पनि त मेरो खोजी गरिन नि। अनि उसित पनि भेटन मन लागेन।’

‘सरिता, मेरो जिन्दगी हेर त म भिक्टिम होईन त?  म कोबाट भिक्टिम भए आफ्नै आमा बाबुबाट। आफू सक्षम भए मात्र ब्वाईफ्रेन्ड गर्लफ्रेडको सम्बन्ध पनि राम्रो हुने रहेछ। मलाई त हामी जस्ताको जीवनमा आउने सबै केटा रण्डो जस्तो मात्र लाग्दछ।’

‘त्यस्तो नकारात्मक मात्र नसोच। अब तिमीले जिन्दगीलाई राम्रै सित बुझिसकेकी छौ। आर्थिक रुपमा कमजोर भएपनि तिमीलाई आत्मादेखि माया गर्ने केटा खोज। घरजम गर।  बाबुआमाको घर बिग्रिनाले तिमीहरू सन्तानको कति बिचल्ली भयो म मेरो सन्तानलाई हजुरबुवा हजुरआमा देखिको माया बर्साउँछु भनेर निर्णय लेउ त अनि हेर जिन्दगीको मज्जा।’

‘ओ सरिता लभ यु। तर तिमी भर्खर अमेरिका आएकी छौ तिमीलाई यहाँको बारेमा केही थाहा छैन। मनको राम्रो भएको केटा हाम्रो उमेरमा पुगेका केटीले पाउन गाह्राे छ। राम्रा केटा वा केटी पहिले नै बुक भै सकेका हुन्छन्।’

यो उमेरमा त झल्लाहरू मात्र भेटिन्छन्। त्यस्ताको नजिक जानुभन्दा एक्लै माथि माथि आकाशमा उड्नु राम्रो होइन र? कसैले पनि तिम्रो बाटो छेक्न आउदैन जहाँ जान मन लाग्यो भार्रभुर्र उड। ‘उनी अरू पनि के के भन्न चाहन्थी।’

वेटरले-म्याम योर चेक  भन्दै खाएको बिल मेरो अगाडि तर्सायो।

बिल तिरेर म मिररासँग बिदा  माग्दै थिएँ उनले मेरो फोन नम्बर मागिन्। आफ्नो नम्बर त उनलाई दिएँ तर म नेपाल फर्किहाल्ने मान्छे सित उनले फोनमा कुरा गर्न के पाउली र भन्ने सोच्दै म रेष्टुरेण्टबाट बाहिरिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.