|
अब्दुल्लाही शेख सोमालियका उदयिमान नेता थिए

एजेन्सी : सोमालियाको सैन्य सुरक्षाबलले प्रहार गरेको गोली लागेर मन्त्री अबास अब्दुल्लाही शेखको मृत्यु भएको छ। ३१ वर्षीय मन्त्री शेख इस्लामिक आतंककारी सैन्य संगठनका व्यक्ति भएको आशंकामा सुरक्षाकर्मीले गोली प्रहार गरेका थिए।

राष्ट्रपति निवास जान लागेका बेला उनीमाथि सेनाले गोली प्रहार गरेको थियो। सेनाले उनको गाडी रोक्दै आतंककारी भएको आशंकामा फायर खोलेको थियो।

शेखको मृत्युपछि सोमालियमा शोक छाएको छ। सोमालियाका राष्ट्रपति आफ्नो इथियोपिया भ्रमण छोट्ट्याएर देश फर्किएका छन्। गत फेब्रअरीमा मन्त्री बनेका शेख सोमालियका आशालाग्दा नेता मानिन्थे।

उनी सोमलियाको संसदमा सबैभन्दा कान्छा सांसद् हुन्। शरणार्थी शिविरमा हुर्किएका शेख जनतामाझ निकै लोकप्रिय थिए। सन् १९९१ देखि सोमालिया गृहयुद्धमा छ। अल सब्बाब समुहको इस्लामिक सैन्य दस्तासँग त्यहाँको सरकारले युद्ध गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.