|

रुकुम (पूर्व) : नेपाली कांग्रेसले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका अध्यक्षका लागि बहालवाला प्रधानाध्यापकको नाम सिफारिस गरेको छ।

त्रिवेणी गाउँ कार्यसमितिले आसन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा अमरसिङ खड्कालाई सिफारिस गरेको हो।

गाउँपालिकाको वडा नं. ९ स्थित हिमालय जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेका खड्कालाई अध्यक्ष र सृष्‍टि बाँठा मगरलाई उपाध्यक्षमा सिफारिस गरिएको नेपाली कांग्रेस त्रिवेणी गाउँ कार्यसमितिले जनाएको छ।

कार्यसमिति सचिव सन्तोष ओलीले अध्यक्षमा एक जना र उपाध्यक्षमा पनि एक जनाको नाम मात्रै सिफारिस गरिएको जानकारी दिए।

खड्का २७ वर्षदेखि विद्यालयमा अध्यापनरत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.