|

मुगु : स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेले उम्मेदवारको टुंगो लगाएको छ।

जिल्लाका एक नगरपालिका र ३ वटा गाउँपालिकाका लागि एमालेको तर्फबाट उम्मेदवार बन्ने पालिका प्रमुख र उपप्रमुखको नाम एमालेले शुक्रबार टुंगो लगाएको हो।

एमालेले छायानाथ रारा नगरपालिको प्रमुखका लागि डम्बरबहादुर रावल र उपप्रमुखका लागि टोमा लामाको  नाम टुंग्याएको नेकपा एमालेले जनाएको छ। 
सोरु गाउँपालिका अध्यक्षमा डिल्लीप्रसाद भट्ट र उपाध्यक्षमा डिलकली शाहीलाई उम्मेदवार बनाइएको छ। खत्याड गाउँपालिका अध्यक्षमा लालबहादुर मल्ल, उपाध्यक्षमा कविता गिरी र मुगुम कार्मारोङ गाउँपालिका अध्यक्षमा सोनाम लामा र उपाध्यक्षमा छिरिङ फुटिक लामालाई उम्मेदवार बनाइएको छ। 

घोषित उम्मेदवारमध्ये नगरप्रमुखका उम्मेदवार रावल २०७४ को स्थानीय निर्वाचनमा छायानाथ रारा नगरपालिका–५ का वडाध्यक्ष निर्वाचित भएका थिए। 

एमालले पालिका प्रमुख र उपप्रमुखका उम्मेदवार टुंग्याए पनि ४५ वडाका अध्यक्ष र सदस्यको टुंगो लगाउन सकेको छैन। सत्ता गठबन्धनले टुंग्याएपछि आफ्नो उम्मेदवार सार्वजनिक गर्ने योजनामा एमाले रहेको छ।

यता सत्ता गठबन्धन दलहरूले साझा उम्मेदवार चयन गर्न सकेका छैनन्। दैनिकजसो बैठक बसे पनि गठबन्धन गरेर जाने कि एक्लाएक्लै उठ्ने भन्ने निष्कर्षमा  नपुग्दा दलहरूले वडादेखि पालिकासम्म उम्मेदवार छनोट  गर्न सकेका छैनन्।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.