|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले दर्ता गरेको महाभियोग प्रस्तावको विरोधमा संसद अवरुद्ध गरेपछि बैठक दुई दिनका लागि स्थगित भएको छ।

 शुक्रबार बिहान स्थगित भएर फेरि दोस्रो पटक बोलाइएको बैठकमा पनि एमालेसहितका दलले संसद अवरुद्ध गरेपछि बैठक वैशाख २४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।  एमाले सहितका विपक्षी दलले प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोग प्रस्ताव संसदमा दर्ता गर्न नदिने अडान राख्दै आएका छन्। उनीहरुले महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने माग गर्दै आएका छन्।

यसअघि बिहीबार बसेको संसद बैठक पनि विपक्षी दलको अवरोधका कारण स्थगित भएको थियो। दलहरुबीच सहमति जुटाउन सभामुख ओनसरी घर्तीको पहलमा सत्तापक्ष र प्रतिपक्षका दलका नेताहरुबीच छलफल भए पनि सहमति हुन नसक्दा संसद फेरि अवरुद्ध भएको हो।  
हेर्नुहोस् फोटोमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.