|

सिन्धुली : कमलामाई नगरपालिकामा नेकपा माओवादी केन्द्रका दीर्घराज श्रेष्ठको उपप्रमुख पदको उम्मेदवारी रद्द भएको छ। उनकाे समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा अहिलेकाे उम्मेदवारी रद्द भएको हो।

उनले सोमबार गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दर्ता गरेका थिए। आज मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले एक सूचना जारी गर्दै निर्वाचन आयोगको सफ्टवेयरमा दर्ता हुन नसकेको जानकारी दिएका हुन्।

उम्मेदवार श्रेष्ठ ​जसपाबाट माओवादी केन्द्रमा प्रवेश गरेका थिए। उनकाे नाम जसपाबाट समानुपातिक सूचीमा रहेकाले हाल उनकाे नाम इन्ट्री हुन नसकेकाे हाे।

जसपाले उनकाे नाम समानुपातिक सूचीबाट हटाएमा उनकाे उम्मेदवारी कायम रहन सक्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.