|

जुम्ला : चन्दननाथ नगरपालिका वडा नम्बर २ को दलित महिला सदस्य पदमा विष्णुमाया कामी निर्विरोध निर्वाचित भएकी छिन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले दलित सदस्य कामीलाई आज एक कार्यक्रमगरी निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

उनलाई मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले अविर र माला लगाएर बधाई दिए। निर्विरोध निर्वाचित उम्मेदवारलाई घोषणा गर्ने नियम भएकोले अहिले नै घोषणा गरिएको  न्यौपानेले बताए। विष्णुमायाले विजयी भएको प्रमाणपत्र भने अन्य पदका विजेताहरुसँगै निर्वाचन सकिएपछि पाउनेछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.