|

जुम्ला :  जुम्लामा ‘नगरबासीसँग मेयरका उम्मेदवार’ बहस कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन, जुम्लाले शुक्रबार बहस कार्यक्रमको आयोजना गरेको थियो। बहसमा नगरवासीहरुले हामीले तपाईंलाई किन भोट हाल्ने भनेर प्रश्न राखेका थिए। बहस कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट नगरपालिकाको प्रमुखका उम्मेदवारी दिएका अशोक श्रेष्ठले हाम्रो नगरलाई राम्रो नगर बनाएर नगरवासीको रहर पूरा गर्ने घोषणापत्र प्रस्तुत गरे।

उनले भने अबको दुईवर्षभित्र नगर पर्यटक रिङरोड, सामुदायिक लाइब्रेरी, मनोरञ्जन पार्क, उज्यालो नगर, ठिन्के र जुगाडखोला सरसफाइ व्यवस्थापन गर्नेछु। रारा जोड्ने सडक निर्माण, राष्ट्रियस्तरको रंंगशाला, नगरपालिका एक घर एक धारो र एक घर एक चर्पी, शुद्ध पिउने पानी, व्यवस्थित सहर बजार पर्यटकीय केन्द्र र खस नगर संग्रहालय निर्माण गर्ने योजना रहेको उनले बताए।

उनले १५ वर्षमा नगर मेट्रो रेल सेवा सरकारी तथा प्राइभेट बोर्डिङमा समानस्तरको शिक्षा र समान फलपूmल तथा तरकारी बजारको व्यवस्था, उब्जाउ जमिनलाई विशेष क्षेत्र घोषणा बाली बिमाको व्यवस्था, सुरुङ मार्ग नगरवासीलाई ५ हजारसम्मको उपचार खर्च निःशुल्क विद्यार्थीलाई छात्रावृतिको व्यवस्था वृद्धिका लागि विशेष योजनाको थालनी गरिएको बताए।

नगरप्रमरखका उम्मेदवारी दिएका राप्रपा पार्टीका उपप्रमुख मनसुर सुनारले विभेदमुक्त समाज, गरिबमुखी कार्यक्रममा प्राथमिकता दिने बताए। जुम्लाको पर्यटकीय क्षेत्र ठाकुरज्यू विष्टज्यू जोड्ने केबुलकारको पहल गर्ने उनले बताए। भ्रष्टाचारमुक्त समाज निर्माणमा लाग्ने र सफा नगर बनाउने पनि सुनाए। उनले युवा स्वरोजगारका कार्यक्रमलाई अघि बढाउने कुरामा जोड दिए।

नयाँ शक्तिबाट प्रमुखमा उम्मेदवारी दिएका दानबहादुर महतले नगरपालिकाको आर्थिक क्रान्ति गर्न कृषिमा आधुनिकीकरण गर्ने बताए। भ्रष्टाचार र अनिमियततालाई चिर्ने अभियान थाल्ने योजना रहेको उनको भनाइ थियो।

नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका केन्द्रीय अध्यक्ष नरेश भण्डारीले नगर र गाउँपालिकाको विकासका लागि अब निर्वाचित हुने उम्मेदवारले दीर्घकालीन योजना बनाउनुपर्ने कुरामा जोड दिए। उनले नेतृत्वको नीति र योजनाले विकासले फड्को मार्ने र जनताको जीवनशैलीमा परिवर्तन आउने जनाए। बहसमा प्रमुखका चार वटै पार्टीका उम्मेदवारलाई आमन्त्रण गरिए पनि नेपाली कांग्रेसका कान्तिका सेजुवाल र एमालेका शान्तिलाल उपस्थित भएका थिएनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.