|

काठमाडौँ: गजलकार जे सागर गजलकृति 'यत्ति भए पुग्छ' लिएर आएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि गजलकार ज्ञानुवाकर पौडेल, गजलकारका मातापितालगायतले उक्त गजलकृतिको विमोचन गरेका हुन्।

रोजीरोटीका क्रममा लामो समय वैदेशिक रोजगारीमा बिताएका सागरले गजल लेख्न थालेको एक दशक नाघिसकेपछि गजलसंग्रह प्रकाशन गरेका बताए। मुलुक, माटो, अरआफन्त, साथीभाइ, समग्रमा माटो, मातृभूमि र मान्छेहरूका बारेमा आफूले लेख्ने गरेको उनले बताए।

बुलबुल पब्लिकेशनले प्रकाशन गरेको उक्त गजलकृतिमा विभिन्न विषय क्षेत्रलाई कथ्य विषय बनाएर जे सागरले गजल लेखेका समीक्षक पोष्टराज चापागाईंले बताए। अर्का गजलकार करुण थापाले विषयवस्तुको गाम्भीर्य, भावको प्राचुर्य र लयप्रतिको सचेतता गजलकार जे सागरका गजलका विशेषता भएकाे बताए।

कार्यक्रममा कुशल रेडियो प्रस्तोताको परिचय बनाइसकेका गजलप्रधान कार्यक्रम 'बुलबुल'का प्रस्तोता अच्युत घिमिरे, गजलकारहरू रवि प्राञ्जल, धनराज गिरीलगायतले सागरको गजलकारिताबारे चर्चा गर्दै उनको लेखनयात्राको सफलताको कामना गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.