यस्ता छन् २ वर्षे कार्ययोजना

|

काठमाडौं: उत्पादनमा मापदण्ड पुरा गर्न नसकेको भन्दै बन्द एक सरकारी उद्योग बन्द भएको आठ वर्ष पछि पुन: संचालन आएको छ। २०२९ सालमा स्थापना गरिएको तत्कालीन शाही औषधि लिमिटेड २०६६ सालमा आउदा सम्म आफ्नो स्थपना कालीन मर्म अनुसार काम गर्न नसक्ने गरी थला परेकोमा आइतबारबाट पुन संचालन भएको छ।

२०६६ सालमा विश्‍व स्वास्थ्य संगठनले सिफारिस गरेको कुसल निर्माण विधीको मापदण्ड पुरा नभएको पाइएपछि यो सरकारी स्वामित्वजको औषधि लिमिटेड नामको मात्रै भएको थियो। त्यहा कार्यरत कर्मचारीको तलव भार सरकारले ग्रहण गर्दै आएको अवस्था निजी क्षेत्रलाई हस्तानरतरण गर्ने चर्चा पनि चल्यो।

२०७३ भदौमा उद्योग मन्त्रालयको जिम्मेवारी पाएका नविन्द्रराज जोशीलाई सपथ ग्रहण नगर्दै औषधि लिमिटेड जग्गा बेच्‍ने योजना बनाउनको लागी सुझाब आएको थियो।

औषधि लिमिटेडको त्यस्तो राम्रो ठाँउमा जग्गा छ, त्यसलाई मिलाएर बेच्नु पर्छ अरु केही पनि पीर नगरे हुन्छ

'मैले सपथ ग्रहण गरेको थिएन, फोनहरु निकै आएका थिए तपाइलाई अन्य मन्त्रालयको जिम्मेवारी भएको भए हुने भन्नेहरु धेरै थिए, एक जना भाइले भने दाइ राम्रो मन्त्रालय पाउनु भयो औषधि लिमिटेडको त्यस्तो राम्रो ठाँउमा जग्गा छ, त्यसलाई मिलाएर बेच्नु पर्छ अरु केही पनि पीर नगरे हुन्छ' आइतबार  औषधि उत्पादन पुन:सञ्चालनको कार्यक्रममा उद्योग मन्त्री नविन्द्रराज जोशीले त्यो फोन कल सम्झिए। 'त्यही भाइको कारण मलाई औषधि उद्योग चलाइ हाल्नु पर्छ भन्ने किल्कि भएको हो, त्यो भाइलाई आज म धन्यवाद दिन चाहन्छु' जोशीले थपे।

जीवनजलबाट उद्योगको पुन: जीवन

आठ वर्षदेखि बन्द सरकारी स्वामित्वको (उद्योग) औषधि लिमिटेडले जीवनजलको आइतबारबाट सुरु भयो। आठ वर्षको अवधिमा उलोग मन्त्रालयमा आउने हरेक मन्त्रीले औषधि लिमिटेड पुन संचलान गर्ने योजना नसुनाउने पनि हैनन् तर कार्यन्वयन भने कसैले गर्न सकेनन्। तर आइतबार बाट जीवन जलको उत्पादन सुचारु गरेर औषधि लिमिटेडले पुन: जीवन पाएको छ। जेठ पहिलो साताबाट सरकारी स्वामित्वको औषधि लिमिटेडले उत्पादन गरेको जोनजल वितरण सुरु हुनेछ।

उद्योग मन्त्रालय समालेको एक साता पुग्दा जोशीले बन्द रहेका सात उद्योग खुलाउने तयारीका साथ औषधि उद्योग पनि सन्चालन गर्ने कार्यक्रम सार्वजनीक गरेका थिए। असौज १० गते औषधि लिमटेडको निरक्षण गर्दै उलोग मन्त्री नविन्द्रराज जोशीले तीन महिना (पुस १०) भित्र आठ किशिमका औषधि उत्पादन गरिने बताएका थिए। तर उनले छ महिना पछि सात महिना पछि एउटा औषधिको उत्पादन शुरू गरेको जानकारी गराए।

'म संग स्प्रिट थियो, त्यसैले गरीहालिन्छ भनेर तीन महिनामा संचालन गर्ने प्रतिवद्धता जनाए। तर अन्तराष्ट्रिय बोल पत्र, आवश्‍यक रक, जीएमपी मापदण्ड, महाप्रवन्धक न्युक्ति काम त ढिलै हुदो रहेछ जेहोस आज संचालनमा आयो' जोशीले भने।

आठ किशिमका औषधि उत्पादन पहिलो चरणमा गर्ने बताइएता पनि आइतबार जिवनजल मात्रै उत्पादन गर्न लिमिटेड सफल भयो। '२७ भन्दा बढी प्रकारका अधुनिक प्रविधिले गुणस्तर जाँच गर्ने गरी जीवनजलको उत्पादन शुरू गर्ने गरिएको छ, तीन महिनामा सिटामोल लगायत जीएमपी मापदण्ड प्रकृया पुरा गरी सीटामोल लगायत ननपेन्किनल ट्याव्लेटहरु उत्पादन गरिने छ' लिमिटेडका महाप्रवन्धक रोवश कुशम सुवेदीले भने। उनले औषधि लिमिटेड संचालनमा आएसंगै निजी क्षेत्रको एकाधिकार तोडिएको समेत बताए।

यस्ता छन् २ वर्षे कार्ययोजना

आफ्नै सक्रियतामा आठ वर्षपछि  एक (जीवनजल औषधि) उत्पादन गर्दै औषधि लिमिटेडको उत्पादन पुन प्रारम्भ गर्दै गर्दा उद्योग मन्त्री नविन्द्रराज जोशीले २ वर्षे कार्ययोजना पनि सुनाए। 'मैले लिमिटेडका साथीहरुसंग अवका कामको विषयमा प्रतिवद्धता लिएको छु, हामीले मुख्य प्राथमिकता राखे अनुसारको काम उहाँहरूले २०७६ बैशाख १ सम्म पुरा गर्ने बताउनु भएको छ, मिडियाको साथीहरुले फ्लोअप गर्नु हुनेछ' जोशीले भने।

उनका अनुसार औषधि लिमिटेडले सरकारले निशुल्क उपलव्ध गराउने ७० किशिमका औषधि, निम्‍न वर्गिय जनताको जनजीवनमा अत्यावश्‍यक पर्ने औषधि, अत्यावश्‍यक भनिएका १७ किशिम र महङगो र नपाइनेखालका औषधि उत्पादन गर्ने लक्ष सरकारको रहेको छ। यी सबै किशिमका औषधि २०७६ बैशाख १ गते भित्र औषधि लिमिटेडले उत्पादन गर्ने छ। उनले उद्योग चल्न सक्ने गरी बजार मूल्य भन्दा केही रकम कम र गुणस्तरमा कुनै कमी आउन नदिन आग्रह गरे।

मन्त्रीको प्रशंसा

औषधि लिमटेडले काम पाएसंगै आइतबार उद्योग मन्त्री नविन्द्रराज जोशीको निकै प्रशंसा गरियो। प्रशंसा गर्ने अरू कोहि नभई उद्योग मन्त्रालयका राज्य मन्त्री, सचिव तथा लिमिटेडका कर्मचारीहरु थिए। उद्योग राज्य कञ्चन वादे श्रेष्ठले सही नेतृत्वको परिणाम मन्त्रालयले पाएको बताए 'आज हामीले जे गरीरहेका छौ त्यो सहि नेतृत्वको परिणाम हो' वादेले भने। उनले औषधि लिमटेड पुन संचालनमा आउनु जनताकोलागि राहतको विषय भएको समेत बताए।

हिले जनताको लागि  धेरै महङ्गो र अत्यावश्‍यक भनेको शिक्षा, स्वास्थ्य हो, यसमा राज्यको ध्यान पुग्न आवश्यक थियो

'अहिले जनताको लागि  धेरै महङ्गो र अत्यावश्‍यक भनेको शिक्षा, स्वास्थ्य हो, यसमा राज्यको ध्यान पुग्न आवश्यक थियो, औषधि लिमिटेड सञ्चालनमा आएपछि जनतालाई निकै राहत पुग्ने छ, निजी क्षेत्रको एकाधिकार तोडिएको छ' वादेले भने।

उद्योग सचिव शंकरप्रासद कोइरालाले पनि जोशीकै कारण काम गर्न निकै सहज भएको बताए। 'म लामो समय गृह प्रशासनमा काम गरेको मान्छे, उद्योग मन्त्रालयमा आएको केही समयमै मैले अभभावको ररुपमा नविन्द्रराज जोशीलाई पाए उहाँले योजना सुनाएपछि मैले सोही नेतृत्व पाएको छु भन्ने अनुभव भएको तबाए। उनले मन्त्रीको अथाहा मेहनतको कारणले औषधि लिमिटेड सञ्चालनमा आएको दाबी गरे। नेपाल औषधि लिमिटेडका महाप्रवन्धक रोवश कुशम सुवेदीले उद्यवग मन्त्रालयले असल नेतृत्व पाउदा लिमिटेड संचालनमा आएको बताए।

यसरी खुलेको थियो औषधि लिमिटेड
 गुणस्तरीय एंव प्रभावकारी औषधि उत्पादन गरी सर्वसुलभ रुपमा देशभर उपलव्ध बनाउने औषधिमा परनिर्भरता घटउने उद्देश्यले २०२९ सालमा तत्कालीन शाही औषधि लिमिटेडको नाममा कम्पनी स्थापना गरिएको हो। नेपाल सरकार, औद्योगिक विकास निगम युनिसेफ, युनिडो, जाइका र केडव्लुएफको सहयोगमा १५ करोड अधिकृत पुँजीमा लिमिटेड सञ्चालनमा आएको हो। यो पुँजी मध्य औद्योगिक विकास निगमको ७ लाख रुपैयाँ बाहेक सबै रकम सरकारको स्वामित्वमा रहेको छ। लिमिटेड बन्द हुनुअघि र बन्दपछि ९० करोड ३३ लाख २१ हजार ७ सय ३५ ऋण छ, जुन सरकारले बेहोरेको छ। वि।स २०६६ पछि औषधि लिमिटेडले औषधि उत्पादन गर्न सकेको थिएन। अहिले पनि लिमिटेडमा ९७ जना कर्मचारी रहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.