नुवाकोट : म्यागङ गाँउपालिका– १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।
कांग्रेसका जिमाबहादुर तामाङ ९४ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिए।
तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अनिलकुमार घलेले ६९ मत प्राप्त गरे। वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँचै पदाधिकारी कांग्रेसबाट विजयी भएका छन्।
यस्तै नेकपा एमालेले ३७ मत ल्याएको छ।अहिले वडा नम्बर २ को मतगणना जारी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।