|

कालिकोट : नेकपा माओवादीको गढ मानिने कालिकोटको तिलागुफा नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर माओवादीलाई पराजित गरेका छन्। नेपाली कांग्रेसका शंकर प्रसाद उपाध्याय विजयी भएका छन्।

उनले २ हजार ९१६ मत ल्याएर प्रमुखमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिनेश चदाँराले २ हजार ५४० मत ल्याएर पराजित हुन पुगे। यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नवराज कोइरालाले ७८० मत पाए।

त्यस्तै, उपप्रमुखमा नेकपा एमालेका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। उनले २ हजार ७५९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीकी गीता कुर्मी ओलीले २ हजार ४१५ मत ल्याएकी छन्।

उक्त नगरपालिकामा २०७४ मा प्रमुख पदमा माओवादीका रतन बहादुर शाही र उपप्रमुखमा दन्ता नेपालीले जितेकी थिइन्। अहिले प्रमुख जितेका शंकर उपाध्यायले ०७४ मा १५६ मतले पराजित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.