|

सिन्धुपाल्चोक : बलेफी गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार गंगाबहादुर तामाङ विजयी भएका छन्। चार हजार ६६६ मत प्राप्त गरी उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्

उनका प्रतिद्वन्द्वी कांग्रेसका सुवास तिमल्सिनाले  चार हजार १०५ मत प्राप्त गरे। यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु लामा तामाङ विजयी भइन्। उनले चार हजार ३९४ मत ल्याएर विजयी भए। 

जिल्लाको हेलम्बु गाउँपालिकमा कांग्रेस विजयी भएको छ। जारी मतगणनामा पाँचपोखरी, इन्द्रावती र मेलम्चीमा एमाले र चौतारा नगर, लिसङ्खुपाखर, जुगलमा माओवादी अघि छ । सुनकोशी, त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस अगाडि छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.