|

​मुगु : जिल्लाको पश्चिम खत्याड गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ।

अध्यक्षमा नेकपा माओवादी केन्द्रका अज बहादुर शाहीले ३ हजार ५ सय २१ मत प्राप्त गरी विजयी भएका छन्। उनी ९०० को मतान्तरले विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका लाल बहादुर मल्लले २ हजार ६ सय २१ मत प्राप्त गरेका थिए।

उपाध्यक्षमा काङ्ग्रेसकी सरिता रोकायाले ४ हजार ५ सय ४८ मत प्राप्त गरी विजयी भएकी छन्। उनी २०४९ को भारी मतान्तरले विजयी भएकी छिन्। उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी कविता गिरीले २ हजार ४ सय ९९ मत प्राप्त गरेकी छन्।

११ वडा रहेको यस गाउँपालिकामा एमालेले ३ वडा र काङ्ग्रेसले ३ वडामा र माओवादीले ५ वडामा जित हात पारेको छ।

यस गाउँपालिकामा काङ्ग्रेस र माओवादीले गठबन्धन गरेको  थियो भने एमाले  र समाजवादीले छुट्टाछुट्टै  चुनावी प्रतिस्पर्धामा थिए।

०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष  सहित ४ वटा वडामा  जितेको  थियो। यो पटक भने ३ वटा वडामै सीमित रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.