उपाध्यक्षमा अधिकारी

|

काठमाडौं : सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले विजयी भएको छ। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको हो।

अध्यक्षमा एमालेका टासी लामा विजयी भएका हुन्। उनले पाँच हजार ६०८ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दोर्जे तामाङले चार हजार ४५ मत प्राप्त गरे। यस्तै राप्रपाका उदय सापकोटाले एक हजार ६९६ मत प्राप्त गरे।

उपाध्यक्षमा पाँच हजार ७२२ मतसहित एमालेकी सुनीता अधिकारी उपप्रमुख चुनिइन्। उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी गंगाकुमारी चापागाईँले चार हजार ३९३ मत प्राप्त गरिन्। राप्रपाकी कमला चापागाईँले एक हजार ४२७ मत ल्याइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.