|

चितवन : नेपाली फिल्म 'पञ्चायत'लाई  केन्द्रीय चलचित्र जाँच समिति( सेन्सर बोर्ड) ले पीजी सर्टिफिकेट दिएको छ। सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएसँगै उक्त फिल्मका लेखक तथा निर्देशक शिवम् अधिकारीले आक्रोस व्यक्त गरेका छन्।

यस फिल्मलाई अब १६ वर्षभन्दा कम उमेरका बालबालिकाले अभिभावकको निगरानीमा मात्रै हेर्न सक्नेछन्। चलचित्रलाई सेन्सरबोर्डले दिएको सर्टिफिकेट प्रति अधिकारीले गम्भीर आपत्ति जनाए।

अधिकारीले जबर्जस्ती सर्टिफिकेट भिराएर आफ्नो फिल्ममा चाहिने भन्दा बढी कैंची चलाएको आरोप लगाए। सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको यस फिल्म गणेश गिरीको प्रस्तुतीमा निर्माण गरिएको हो।

फिल्मलाई शुशान्त श्रेष्ठ र शंकरप्रसाद सुवेदीले निर्माण गरेका हुन्। फिल्ममा नीता ढुंगाना र सरोज खनालको मुख्य भूमिका रहेको छ। यस्तै गणेश गिरी, गीता अधिकारी, रुपा राना, जाहन्वी बस्नेत, विशाल पहरी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ। यो फिल्म फागुन १८ गतेबाट प्रदर्शनमा आउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.