|

रौतहट : रौतहटको कटहरिया नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेपाली कांग्रेसले  जित हात पारेको छ।

कांग्रेसका अजयप्रकाश जयसवाल कटहरिया नगरपालिकाको मेयरमा विजयी भएका हुन्।​

जयसवालले कुल ७ हजार १ सय ७२ मत ल्याई मेयरमा निर्वाचित भएका हुन्। जयसवालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सियाराम कुश्वाहालाई फराकिलो मतान्तरले पराजित गरेका छन्।

जयसवालले कुश्वाहालाई २ हजार ५ सय ९५ मतले पराजित गरेका हुन्। जयसवालले ७१७२ मत प्राप्त गरेका छन् भने कुश्वाहाले ४५७७ मत ल्याएका हुन्।

निर्वाचनमा पराजित भएका कुश्वाहा नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रभु साहका निकै लामो समय स्वकीय सचिव बनेर काम गरेका थिए।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कुश्वाहा नेकपा माओवादीबाट कटहरिया नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.