अायोगले गर्न सक्छ १ लाख जरिवाना
अायोगले गर्न सक्छ १ लाख जरिवाना
काठमाडौं : वैशाख ३१ गते स्थानीय चुनावमा भाग लिने राजनीतिक दलहरुलाई निर्वाचन आयोगले फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लगायाे। वैशाख १९ गतेबाट उम्मेदवार केन्द्रित आचारसंहिता लागु गर्यो।
निर्वाचनको दुई दिनअघि अर्थात वैशाख २८ गते राति १२ बजेपछि उम्मेदवारले अझ कडाईका साथ आचारसंहिताको पालना गर्नुपर्नेछ। वैशाख २८ गते राती १२ बजेबाट मौन समय प्रारम्भ हुनेछ। निर्वाचन सुरु हुनुभन्दा ४८ घन्टा अघि मौन समय सुरु हुन्छ। यस्तो समयमा उम्मेदवारलाई ५ प्रकारका काम गर्न निर्वाचन आयोगले जारी गरेको आचारसंहिताकाे परिच्छेद २ काे नियम ५ ले निषेध गरेको छ।
मौन समयमा के के गर्नुहुँदैन उम्मेदवारले?
मौन समयमा पालना गर्नुपर्ने आचारसंहिताका बुँदा उल्लंघन भएमा निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालनाका लागि सचेत गराउने छ। आयोगको सचेतपत्रलाई समेत वेवास्ता गरी प्रचारप्रसार कायम राखे निर्वाचन आयोगले उम्मेदवारी रद्ध देखि १ लाख रुपैयाँ सम्म जरिवाना गर्ने सक्ने व्यवस्था स्थानीय निर्वाचन ऐन २०७३ मा उल्लेख रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए। 'उम्मेदवारलाई सुरुमा आयोगले सचेत गराउने छ', आयोगका प्रवक्ता शर्माले भने,'सचेत गराउँदा समेत अटेर गरे ऐनमा टेकेर निर्वाचन आयोगले उम्मेदवारी रद्ध देखि १ लाख रुपैयाँसम्म जरिवना गर्न सक्छ।'
उम्मेदवार तथा राजनीतिक दलले मतदानका दिन समेत आचारसंहिता पालना गर्नुपर्नेछ। उनीहरुले पालना गर्नुपर्ने ६ किसिमका आचारसंहिता यस्ता छन् :
तपाईंको ईमेल गोप्य राखिनेछ ।