|

लन्डन : बेलायतको डर्बीसायरका एक मानिसले आफ्नी मृत श्रीमतीको शव भएको एउटै कोठमा ६ दिन सँगै सुतेको बताएका छन्। १० वर्षदेखि सर्भिकल क्यान्सरसँग जुधिरहेकी ५० वर्षे वेन्डी डेभिसनको गत महिना आफ्नै निवासमा मृत्यु भएको थियो।

उनका पति रसिल डेभिसनले श्रीमतीको मृत्युले मुटु टुक्रिएको बताउँदै उनको लासलाई शव गृहमा पठाउन आफूलाई मन नलागेको र मृत्युलाई हेर्ने मानिसको दृष्टिकोणलाई चुनौती दिन पनि श्रीमतीको शवसँगै सुतेको बताएका छन्।

श्रीमतीको शव ६ दिनसम्म घरमा राखेका रसेलले उनको समाजमा मृत्युको बारेमा कुराकानी गर्न नै वञ्चित गरिएको र कोही पनि मृत्युबारे बोल्नै नचाहेकाले पनि आफूले यस्तो कदम चालेको बताए।उनले आफ्नो श्रीमतीलाई शवगृहमा वा अन्त्येष्टि आयोजनाका लागि बुझाउन मन नलागेकोले उनको शव आफैंले घरमै राखेको पनि प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ। 

उनले भने, 'मलाई लाग्यो हाम्रो परिवारसँगै राखेर उनलाई स्याहार गर्नुपर्छ। हाम्रो शयनकक्षमा राखेर त्यही कोठामा मलाई उनीसँगै सुत्न मन लागेकाले पनि मैले श्रीमतीको शव घरमै राखें।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.