|

रसुवा : गंगा–दशहरा अन्तर्गत पवित्र तीर्थ गोसाइँकुण्ड यात्रा सुरु भएको छ। मंगलवार सुरू भएको गङ्गा–दशहराको विशेष मेला भर्नका लागि २०० भन्दा बढी भक्तजन निलाद्री पर्वतबाट गोसाइँकुण्डतर्फ लागेको प्रहरीले जनाएको छ। 

ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन चल्ने गंगा दशहरा पर्व मान्न यो वर्ष तीन हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिएको छ। समुद्र सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड तीर्थमा एकपटक भए पनि पुगेर स्नान गर्नुपर्ने मान्यता रहेको छ।

यो पर्वमा नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवनका भक्तजन गोसाइकुण्ड पुग्ने स्थानीय समाजसेवी टंकप्रसाद आर्चायले बताए। जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले धार्मिक यात्राको सुरक्षाका लागि व्यवस्था मिलाएको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.