|

दाङ : इन्डिगो पेन्टले दाङको तुलसीपुरमा सोरुम स्थापना गरेको छ। नेपालमै पहिलो पटक दाङमा पेन्टले आधिकारिक सोरुम स्थापना गरेको हो। बुधबार एक कार्यक्रम आयोजना गरी डिलरको उद्घाटन गरिएको छ। इन्डिगो पेन्टले डिलर राखेसँगै आधिकारीक बिक्री वितरणसमेत सुरु भएको कम्पनीले जनाएको छ।

तुलसीपुर उप–महानगरपालिका वडा नं. ५ ‘ख’लाईनमा आरबी ट्रेडर्स एन्ड सप्लायसलाई कम्पनीले आधिकारिक डिलर मानेको छ। इन्डिगो पेन्टप्रालिका प्रबन्ध निर्देशक बेदु पाण्डेले अरु रङहरुभन्दा इन्डिगो राम्रो र सर्वसुलभ भएको दाबी गरे। उनले विदेशी पेन्टको गुणस्तरभन्दा बढी गुणस्तरको र मूल्य पनि अरु भन्दा कम भएको जानकारी दिए। स्वदेशमै उत्पादन हुँदै आएको इन्डिगो पेन्ट स्वास्थ्यका दृष्टिकोणले समेत उत्तम भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.