|

 गुल्मी : गुल्मीको सदरमुकाम तम्घासदेखि इस्मा गाउँपालिकातर्फ जाँदै गरेको जिप बिहीबार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। लु १ च ६६८४ नम्बरको उक्त जिप सोही गाउँपालिका ४ स्थित दोहोलीमा दुर्घटना हुँदा सोही ठाउँ निवासी ४० वर्षीय कल्पना गन्धर्वको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले बताए।

दुर्घटनामा परी सोही ठाउँका बाबुराम गन्धर्व, हुमकला विक, रुवी सुनार र सरस्वती अर्याल घाइते भएका छन्। घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिप सडकबाट १ सय ५० मिटर तल खसेको ट्राफिक प्रमुख श्रेष्ठले बताए। क्षमताभन्दा बढी लोड बोकेकोे जिप ओरालो सडकमा अकस्मात ब्रेकफेल भएका कारण दुर्घटना भएको चालकले बताएका छन्। जिप चालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.