|

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला सञ्चारविहीन भएका छन्। अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकोले मोबाइल,टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिए।

सुदूरपहाडका बैतडी,दार्चुला,डडेल्धुरा,बझाङ, डोटी,अछाम र बाजुरा सञ्चारविहीन भएको टमाटाको भनाइ छ।  मंगलबार दिउँसो २ बजेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै सुचारु हुन सकेको छैन्। मोबाइल,टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।  

उनले भने, ‘इन्टरनेट नहुँदा प्रशासनको सेवा दिन सकिएन, राष्ट्रिय परिचय विवरण संकलन,नागरिकता विवरणलगायतका काम पूभावित भयो,सञ्चारविहीन हुनुपरेको छ, निकै समस्या भएको छ।’

सञ्चारसेवा अवरुद्ध भएपछि यहाँका अन्य सरकारी तथा गैरसरकारी संघसस्था, सञ्चारमाध्यम,वित्तीय कारोवार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ।  अवरुद्ध सञ्चार सेवा सुचारुका लागि धनगढीबाट प्राविधिकको टोली खटिएको नेपाल टेलिकम बैतडीका प्रमुख  टमटाले जानकारी दिए।  उनले भने, ‘अप्टिकल फाइबारमा देखिएको समस्या समाधानका लागि प्राविधिक टोली खटिएको जानकारी प्राप्त भएको छ। छिट्टै समस्या समाधान हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.