|

गोरखा : वैशाख ३१ का लागि तोकिएको पहिलो चरणको चुनावको तयारी तिब्र भएको छ। गोरखाका हिमाली भेगका वासिन्दा भने चुनावमा नफर्किने गरी यार्सागुम्बा टिप्न लेकतिर गएका छन्। आउँदो आइतबार हुने चुनाव छाडेर छेकम्पार र चुम्चेतका बासिन्दा छेके र बाजुतिर पुगिसकेको वडाध्यक्ष पदका उम्मेदवार दोर्जे लामाले बताए। 

वर्षभरी आम्दानीको स्रोत यार्सागुम्बाको सिजन लागेपछि गाउँलेहरु चुनाव छाडेर गएको उनको भनाइ छ। ' वर्षदिनभरी परिवार पाल्ने आम्दानी छाडेर चुनाव भनेर कहाँ बस्छन् गाउँले' एमालेका तर्फबाट वडा नं छ का उम्मेदवार दोर्जे लामाले भने 'कोही कोही त फर्केलान् धेरै त फर्किन्नन्। त्यति ठूलो आम्दानी छोडेर हामीलाई भोट दिन बस भन्न पनि मन मान्दैन।'

यार्सागुम्बा टिपेर उनीहरुको एक दिनको कमाइ कम्तीमा १० हजार रुपैयाँसम्म हुने गर्छ। चुमनुब्री गाउँपालिका ६ छेकम्पारका करिब तीन सय घरका बासिन्दा वैशाख १५ गतेतिर यार्सागुम्बा टिप्न हिँडेका हुन्। उनीहरु दिनभरिको बाटो हिँडेर छेके र बाजु पुगेका अर्का स्थानीय निमा लामाले बताए। चुनाव प्रचारको क्रममा गाउँमा पुग्दा बुढाबुढी र बालबािलकाबाहेक प्राय सबै लेक गइसकेको उनले बताए। उम्मेदवार भने गाउँमै छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.