|

जलेश्वर : बीपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–३ मा गएराति सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। एक गम्भीर घाइते छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार दुर्घटनामा मोटरसाइलकको पछाडि सवार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–३ का २६ वर्षीय सूर्यकुमार मिस्त्रीको मृत्यु भएको हो। चालक सोही गाउँ बस्ने २५ वर्षीय निरज मिस्त्री गम्भीर घाइते भएका छन्।

गएराति सिन्धुलीबाट सर्लाही आउँदै गरेको ना५४प ८९५४ नम्बरको मोटरसाइकल बर्दिबास नपा–३ स्थित भोगटे पुलमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई प्रहरीले उपचारार्थ बर्दिबासस्थित जनसेवा अस्पतालमा ल्याएको थियो। सूर्यको उपचारको क्रममा मृत्यु भएको हो।

गम्भीर घाइते निरजको उपचार भइरहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.