|

हुम्ला : सिमीकोट–चिसामूल हुँदै लाङ्नाबाट ढुंगा बोकेर आएको ट्र्याक्टर सदरमुकाम सिमीकोट ल्याउने क्रममा बिहीबार साँझ भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

कामको खोजीमा हुम्ला आउँदै गरेका बाजुरा गोत्री वडा नं ३ बस्ने ३२ वर्षीय जगत परियारको मृत्यु भएको छ भने सोही वडा बस्ने घाइते प्रेम दमाईंको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ। प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको छ। फरार चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कमलप्रसाद नेपालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.