|

काठमाडौँ: प्रधानमन्त्री एवं नेपाल प्रज्ञा-प्रतिष्ठानका संरक्षक पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रधानमन्त्री समक्ष प्रतिवेदन प्रस्तुत गरेका हुन्। प्रतिवेदनमा आर्थिक वर्ष २०७२-०७३ मा प्रतिष्ठानले गरेका कार्यहरूको विवरण उल्लेख गरिएको छ।

प्रतिवेदन ग्रहण गरिसकेपछि प्रधानमन्त्रीले ६० वर्ष लामो इतिहास बोकेको गरिमामय संस्था प्रज्ञा-प्रतिष्ठानको विकास र प्रगतिको पक्षमा आफ्नो सधैँ साथ र सहयोग रहने बताए। उनले प्रज्ञामा अक्षयकोष र बजेट वृद्धिका लागि आफूले निर्देशन दिइसकेको बताउँदै देश संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गइसकेको वर्तमान अवस्थामा प्रतिष्ठानको संरचना र यसका कामहरूलाई के कसरी पुनर्संरचित गर्न सकिन्छ भनेर आवश्यक छलफल र गृहकार्यका लागि प्राज्ञहरूलाई आग्रह पनि गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.