|

काठमाडौँ: पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका नेताहरू तोकिएको स्थानीय तहमा खटिएका छन्। दुई चरणमा स्थानीय तहको निर्वाचन हुने मिति तय भएपछि नेकपा एमालेका शीर्ष नेतासहित अधिकांश नेता बैशाख ३१ गतेको निर्वाचनमा सहभागी हुने छैनन्।

एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, सुवासचन्द्र नेम्वाङलगायतका नेताहरूले दोस्रो चरणमा मात्र भोट हाल्नेछन्। बैशाख ३१ गते एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, सचिवहरू पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई, स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङ, एमाले प्रमुख सचेतक भानुभक्त ढकाल, नेता रवीन्द्र अधिकारीलगायतका नेताहरूले यस पटकको स्थानीय तह निर्वाचनमा भोट हाल्नेछन्।

निर्वाचनको मिति घोषणा भएदेखि नै आफू प्रदेश नम्बर ४ मा खटिएको प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङले बताए। 'पार्टीले दिएको जिम्मेवारीअनुसार निर्वाचनको मिति घोषणा भएदेखि नै प्रदेश नम्बर ४ मा खटिएको छु', गुरुङले भने, 'अब निर्वाचन सकिएपछि मात्रै काठमाडौँ फर्किन्छु।' अर्का एमाले नेता रवीन्द्र अधिकारीले १६ दिनदेखि आफ्नो क्षेत्र पोखरामै रहेर काम गर्दै आएको बताए। भने, 'पोखरा आएको १६ दिन भइसक्यो। पार्टीलाई विजयी बनाउन चुनावी अभियानमा सक्रिय छु।'

यी हुन् पहिलो चरणमा भोट हाल्ने एमाले नेताहरू (मतदान केन्द्रसहित)

१. युवराज ज्ञवाली

पद : उपाध्यक्ष एवं प्रदेश नम्बर ६ का संयोजक

ठेगाना : काठमाडौँ वडा नम्बर- १४

मतदान केन्द्र : जनपथ माध्यमिक विद्यालय, कलंकी

२. अष्टलक्ष्मी शाक्य

पद : उपाध्यक्ष एवं प्रदेश नम्बर ३ का संयोजक

ठेगाना : नागार्जुन नगरपालिका- ४, पाँचधारा

मतदान केन्द्र : तीनधारा स्कुल

३. ईश्वर पोखरेल

पद : महासचिव

ठेगाना : टोखा नगरपालिका- ६

ठेगाना : स्काइ लार्क स्कुल धापासी

४. पृथ्वी सुब्बा गुरुङ

पद : सचिव

ठेगाना : क्व्होलासोथर गाउँपालिका- ९, टक्सार

मतदान केन्द्र : बुद्धोदय मावि, गिलुङ

५. योगेश भट्टराई

पद : सचिव

ठेगाना : काठमाडौँ- २९, अनामनगर

मतदान केन्द्र : पद्यकन्या मावि डिल्लीबजार

६. किरण गुरुङ

पद : स्थायी समिति सदस्य एवं प्रदेश नम्बर ४ का संयोजक

ठेगाना : भीमाद नगरपालिका- ९ तनहुँ ।

मतदान केन्द्र : हिमालय प्रावि

७. भानुभक्त ढकाल

पद : प्रमुख सचेतक

ठेगाना : काठमाडौँ महानगरपालिका- १४

मतदान केन्द्र : परीक्षा नियन्त्रण कार्यालय, बल्खु

८. रवीन्द्र अधिकारी

पद : केन्द्रीय सदस्य

ठेगाना : पोखरा लेखनाथ महानगरपालिका- ३३, भरतपोखरी, कास्की

मतदान केन्द्र : शान्ति उमावि, भरतपोखरी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.