|

नुवाकोट : तार्केश्वर गाउँपालिकाबाट माओवादी केन्द्रका दुई जना कार्यकर्ता घरेलु हतियारसहित पक्राउ परेका छन्। माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेदवार कमलाकुमारी तामाङका छोरा शमशेर तामाङ र सहयोगी राजेन्द्र तामाङलाई एक थान खुकुरी र तीन थान फलामको रडसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले जानकारी दिए।

प्रचार अभियानपछि घर फकर्दै गरेका सोही गाउँपालिकाका नेपाली कांग्रेसका कार्यकर्तालाई हतियार देखाउँदै धम्क्याएकाले उनीहरुलाई नियन्त्रणमा लिएर तारुका प्रहरी चौकीमा राखी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.