|

ताप्लेजुङ : सिरिजंघा गाउँपालिका–७ खेवाङमा गएराति पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन्। 

वर्षासँगै राति बेलुकी साढे ८ बजेतिर आएको पहिरोमा परी तुलसा अधिकारी र उनकी बुहारी यशोदा बेपत्ता भएका हुन्। 

यशोदाका श्रीमान् विष्णु अधिकारीले भागेर ज्यान जोगाएको स्थानीयवासीले बताएका छन् । 

पहिरोले अधिकारीका दुईवटा घर बगाएको छ भने पशुचौपायासमेत पुरेको प्रहरीले जनाएको छ। निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो गइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.