|

काठमाडौँ : निर्वाचन आयोगले मतदाता परिचयपत्र नपाएका वा हराएका मतदातालाई समेत मतदानको व्यवस्था मिलाउने भएको छ। निर्वाचनका लागि मतदाता परिचयपत्र अनिवार्य भए पनि कतिपय परिचयपत्रमा प्राविधिक त्रुटि भएको र परिचयपत्र सबै ठाउँमा पुर्‍याउन कठिनाई ब्यहोरेपछि आयोगले वैकल्पिक व्यवस्था गरेको हो। 

'मतदाता परिपचयपत्रमा केही प्राविधिक त्रुटि देखिएको छ भने कतिपय मतदाताले आफ्नो परिचयपत्र हराएको र नपाएको समेत गुनासो गरेका छन्', आयोगका सचिव गोपीनाथ मैनालीले भने, 'मतदाता नामावलीमा नाम भएकाहरुलाई मतदानबाट वञ्चित हुनु नपरोस् भनेर वैकल्पिक व्यवस्था गरेका हौँ।'

मतदाताले मतदाता परिचयपत्र हराएको वा नपाएको अवस्थामा नेपाल सरकारले जारी गरेको परिचय खुल्ने जुनसुकै कागजात लिएर पनि मतदानमा सहभागी हुन पाउनेछन् ।

के के कागजात हुन्छन् मान्य ?

  • नागरिकता
  • राहदानी (पासपोर्ट)
  • सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)
  • सरकारी कर्मचारीको हकमा कार्यालयको परिचयपत्र
  • जग्गाको लालपुर्जा

आयोगका अनुसार मतदाता परिचयपत्र हराएमा वा नपाएको अवस्थामा यीमध्ये कुनै पनि कागजात लिएर मतदान गर्न पाइनेछ।

पहिलो चरणको निर्वाचन २८३ स्थानीय तहमा हुँदै छ। निर्वाचनमा १३ हजार ५५६ प्रतिनिधि छान्न  ४९ लाख ५६ हजार ९२५ मतदाताले मतदान गर्दै छन्। आयोगले ५० प्रतिशत मतदाताको हातमा मतदाता परिपचयपत्र पुर्‍याइसकेको छ। शनिबार अपराह्नसम्म सबै मतदाताको हातमा परिचयपत्र पुर्‍याउने प्रयास भइरहेको सचिव मैनालीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • matdata parichay patra banayko tara matdata namawoli lista ma navay ko huda matdata parichay patra banayko lagvag 20 mahina vayo hola hami sanga tesko adhkatti rasid sudha vayko huda yesko bikalp k xa jankari pauna ta hajur