|
प्रतीकात्मक तस्विर

सुर्खेत : हुम्लामा गर्मी मौसममा देखा पर्ने ठेउला हिमाली जिल्ला  देखा परेको छ। जिल्लाको उत्तरी नाम्खा गाउँपालिका –४ स्थित याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीको छात्राबासमा बस्ने विद्यार्थीमा यस्तो समस्या देखिएको हो।

 ५७ विद्यार्थीमा ठेउला जस्तो लक्षण देखिने रोग देखिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए। जाँच र परीक्षणका लागि नमुना संकलन भइसकेको उनले बताए। पालिकाको स्वास्थ्य टिम र जिल्लाबाट गएको टोली उपचारका लागि खटिएको उनले जानकारी दिए । संकलन गरिएको नमुना सुर्खेत सोमबार पुगिसक्ने सिंहको भनाइ छ।

कस्तो प्रकारको ठेउला हो भन्ने कुरा नमुना जाँचपछि मात्र भन्न सकिने उनले बताए।  सदरमुकाम सिमकोटबाट दुई दिन हिँडेर मात्र रोग प्रभावित गाउँमा पुग्न सकिन्छ। बौद्ध लामाले सञ्चालन गरेको विद्यालयमा यो समस्या देखिएको हो।

पाक्ने, चिलाउने, फोका उठेको ठाउँमा खाल्डो पर्ने भएकाले ठेउला नै हो भन्ने एकिन नभएको नाक्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए। सरसफाइको कमीदेखि धेरै विद्यार्थी भएकाले यहाँ बढी समस्या आएको उनले बताए। बाँकी नमुनाको जाँचपछि आउने रिर्पोटले बताउने उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.