|
Photo : File

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आह्वान गरेकी छिन्। राष्ट्रपति भण्डारीले शनिबार मतदाताको नाममा सन्देश जारी गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आह्वान गरेकी हुन्।

“देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र सम्पन्न हुनु पर्ने भनी अंगिकार गरेको तीन तहको निर्वाचनको पहिलो खुड्किलो भएकाले यसको आफ्नै महत्व छ। यो निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न गराई स्थायित्व र आर्थिक सम्वृद्धिको ढोका खोल्ने छ भन्ने मलाई विश्वास छ,” राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदातालाई अपिल गरेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.