|

चितवन : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आज बिहान सात बजे मतदान गरेका छन्।मतदानपछि प्रधानमन्त्री दाहालले अधिकार सम्पन्न स्थानीय निर्वाचनमा अपेक्षाभन्दा बढीले मतदान हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे।शनिबार साँझ चितवन आइपुगेका उनले भरतपुर महानगर वडा नम्बर ४ स्थित लंकुको लक्ष्मी उच्च माविको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

स्थानीय तहको निर्वाचनमा मतदान गर्न उनी पत्नी सीता, छोरा प्रकाश दाहाल तथा समिर दाहाल, नारायण दाहाललगायत परिवारका सदस्यहरु चितवन आएका छन्। प्रधानमन्त्री दाहालको मतदाता नम्बर १३८३१५७६ हो। उनकी छोरी रेणु, गंगा र छोरा प्रकाश दाहालले पनि सोही केन्द्रबाटै मतदान गर्ने जनाइएको छ।

पत्नी सीताको भने पश्चिम चितवनको शिवनगरमा मतदान केन्द्र रहेको जनाइएको छ। उनको मतदाना नम्बर १४३३९२८३ हो। छोरी रेणु दाहाल कांग्रेस र माओवादी केन्द्रबाट भरतपुर महानगरको मेयरमा उम्मेदवारी दिएकाले पनि यहाँको चुनावलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.