|

सन्तोष अधिकारी-

    गोरखा :  जिल्लाको चुमनुब्री गाउँपालिकाको साम्दो आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान कार्य सकिएको छ। चीन सँगको सिमानामा रहेको जिल्लाको हिमालपारिको साम्दोमा मतदान सकिएको हो।

     ७१ जना मतदाता रहेकोमा ७० जनाले मतदान गरेको साम्दाका निमादोर्जे लामाले जानकारी दिए। एक जनाको भने पहिले नै मृत्यु भइसकेको छ। साम्दोमा पौनो दुई घण्टामा मतदानको काम सकिएको थियो। मतदान गर्न आउने मान्छे नै बाँकी नभएपछि मतदान गराउन गएको टोली मुचुल्का गरी सामागाउँमा फर्केको छ।

    त्यस्तै, न्याक आधारभूत विद्यालयको पनि मतदान सकिएको निर्वाचन कार्यालयले जनाएको छ। न्याकमा ७३ मतदाता रहेका थिए।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.