|

काभ्रे : काभ्रेमा रूखबाट खसेर एकजनाको मृत्यु भएको छ। शुक्रबार जिल्लाको भुम्लु गाउँपालिका–५ का ४२ वर्षीय नवीन लामाको रूखबाट खसेर मृत्यु भएको हो.

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरि खतिवडाले आँप टिप्ने क्रममा घर नजिकै रहेको आँपको रूखबाट खसेर मृत्यु भएको जानकारी दिए।

डिसपी खतिवडाले घटनाबारे थप अनुसन्धfनका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा खटाइएको बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.