|

इलाम : इलाममा असार ८ देखि १५ गतेसम्म राष्ट्रिय नाटक महोत्सव हुुने भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको वार्षिक कार्यक्रम अनुसार यो वर्ष इलाममा महोत्सव आयोजना हुन लागेको हो।

सदरमुकाममा रहेको गौतमबुद्ध सभागृहमा महोत्सवको तयारी गरिएको छ। महोत्सवका लागि इलाम उद्योग वाणिज्य संघको संयोजकत्वमा १४ सदस्यीय तयारी समिति गठन गरिएको छ। 

समिति सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय इलाम, सशस्त्र प्रहरी वल इलाम,जिल्ला समन्वय समिति, इलाम नगरपालिका, मेची पर्यटन प्रवर्धन विकास समिति, होटल एसोसिएसन, चेतना नाट्य समूह, पर्यटन प्रवर्धन सरोकार समिति र इलाम साहित्य संस्कृति कला संघ रहेका छन्। साथै युुद्धप्रसाद वैद्य, धर्म गौतम र प्राज्ञ कोमल निरौलालाई सल्लाहकार समितिमा राखिएको छ।

दश वटा नाटक प्रदर्शन हुने महोत्सवमा करिब २० लाख रुपैयाँ खर्च हुुने अनुुमान गरिएको छ। प्रतिष्ठानले करिब दश लाख रुपैयाँ विनियोजन गर्ने र अन्य रकम सहयोगी संघसंस्था र व्यक्तिबाट संकलन गरिने भएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.